१९ असार २०८३, शुक्रबार

एसईई : कर्णालीमा १८० परीक्षा केन्द्र, ३७ हजार विद्यार्थी सहभागी हुँदै

फागुन २१, २०८१
सुर्खेत
एसईई : कर्णालीमा १८० परीक्षा केन्द्र, ३७ हजार विद्यार्थी सहभागी हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि कर्णाली प्रदेशमा १८० परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार यसपटकको एसईई परीक्षामा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ विद्यार्थी सहभागी हुनेछन् । 

नियमिततर्फ ३१ हजार आठ सय चार, ग्रेडबृद्धितर्फ ६ हजार एक सय सात र प्राविधिकतर्फ एक हजार तीन सय ४२ विद्यार्थी छन् । 

गत वर्ष कर्णालीबाट ३५ हजार आठ सय आठ विद्यार्थी एसईईमा सहभागी भएका थिए । यो वर्ष झण्डै दुई हजार विद्यार्थीको संख्यामा वृद्धि भएको हो ।

गत वर्ष कूल विद्यार्थी संख्याको ५८ प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउनेगरी ननग्रेडेड भएका थिए । 

कर्णालीमा यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न एक करोड ३९ लाख ३० हजार पाँच सय रुपैयाँ खर्च हुने निर्देशनालयले जनाएको हो ।

कर्णालीका १० जिल्लामध्ये एसईईमा सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागी हुँदैछन् । सुर्खेतबाट नौ हजार पाँच सय १३ विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्