१३ असार २०८३, शनिबार

रंगशालामा सर्वसाधारण कुट्ने एमाले कार्यकर्ता पक्राउ नगरिए सदन र सडकबाट प्रतिरोध हुन्छ– ज्ञानेन्द्र शाही

फागुन २१, २०८१
काठमाडौं
रंगशालामा सर्वसाधारण कुट्ने एमाले कार्यकर्ता पक्राउ नगरिए सदन र सडकबाट प्रतिरोध हुन्छ– ज्ञानेन्द्र शाही

राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दशरथ रंगशालामा सर्वसाधारणलाई कुट्ने एमाले कार्यकर्तालाई पक्राउ गर्न माग गरेका छन् । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद शाहीले केपी ओली कप फुटबल चलिरहेको समयमा एमालेका बिल्ला धारी कार्यकर्ताले सर्वसाधारण कुटेको घटना आपत्तिपूर्ण भएको बताएका हुन् । 

‘दशरथ रंगशालमा प्रधानमन्त्रीको पार्टीका बिल्ला धारीले सर्वसाधारणलाई कुट्ने, प्रहरीले पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने गरेको देखियो,’ शाहीले भने, ‘खुलमखुला मान्छे कुट्नेलाई पक्राउ गरियोस्, अन्यथा सडक र संसद्बाट प्रतिरोध हुन्छ ।’ 

सोमवार दशरथ रंगशालामा केपी ओलीविरुद्ध नाराबाजी गरेको भन्दै एमालेका कार्यकर्ताले एकजना युवालाई हातपात गरेको भिडियो सार्वजनिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्