२० असार २०८३, शनिबार

कर्तव्य ज्यान मुद्दामा फरार कञ्चनपुरका उद्धव काठमाडौंमा पक्राउ

फागुन २१, २०८१
काठमाडौं
कर्तव्य ज्यान मुद्दामा फरार कञ्चनपुरका उद्धव काठमाडौंमा पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-१, घर भएका ३४ वर्षीय उद्धव बोहरा पक्राउ परेका छन् । 

बेदकोट नगरपालिका-१ हात्तीथलामा हर्कबहादुर खडायतलाई २०८० कात्तिक २८ गते उद्धवलगायतका व्यक्तिहरूले कुटपिट गर्दा घाइते भएका थिए । उनको उपचारका क्रममा २०८० पुस १० गते मृत्यु भएको थियो । 

घटनापछि फरार रहेका उद्धवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ अनामनगरबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्