०५ साउन २०८३, मंगलबार

फागुन २५ लाई तय राप्रपाको आमसभा स्थगित, ज्ञानेन्द्रको स्वागतका लागि एयरपोर्ट जाने

फागुन २१, २०८१
काठमाडौं
फागुन २५ लाई तय राप्रपाको आमसभा स्थगित, ज्ञानेन्द्रको स्वागतका लागि एयरपोर्ट जाने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन २५ गते काठमाडौंमा गर्ने भएको आमसभा स्थगित गरिएको छ । 

बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले त्यो दिनको आमसभा स्थगित गरेर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विमानस्थल पुग्ने निर्णय गरेको हो । फागुन २५ मा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किँदैछन् । उनी लामो समयदेखि पोखरामै छन् । 

पोखरामै रहेका बेला ज्ञानेन्द्रले फागुन ७ गते प्रजातन्त्र दिवसका दिन एक सन्देश जारी गरेका थिए । राजतन्त्र पुनर्स्थापनाको माग गरिरहेको राप्रपा ज्ञानेन्द्रको उक्त सन्देशबाट हौसिएको छ । बुधबारको पदाधिकारी बैठकले ज्ञानेन्द्रको सन्देशको स्वागत गर्ने निर्णय समेत गरेको छ । 

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, देशभर भइरहेका पार्टीका कार्यक्रम एवं संगठन निर्माणको अवस्थाबारे समीक्षा भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । 

संवैधानिक राजसंस्था पुर्स्थापनाको एजेन्डालाई अझै सशक्त र प्रभावकारी बनाएर लैजाने बैठकले निर्णय गरेको श्रेष्ठले बताए ।

null

salt training

कमेन्ट गर्नुहोस्