
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अपराध र युद्धबारे आएका गुप्त जानकारी दिन रोक लगाएका छन् ।
सैन्य सहायतामा रोकपछि ट्रम्पले खुफिया जानकारी दिनसमेत रोक लगाएका हुन् ।
सहायता कटौती गर्दै युक्रेन सम्बन्धबारे समीक्षा गरिरहेको राष्ट्रिय सल्लाहकार माइक वाल्ट्जलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गत शुक्रवार अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीबीच भएको चर्का चर्कीपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सहायता धमाधम कटौती गर्न थालेको हो ।