
अमेरिकाले थप १० प्रतिशत कर लगाएपछि चीनले कडा प्रतिक्रिया दिएको छ । अमेरिकाले थप कर लगाएको भोलिपल्टै चीनले बदलाको चेतावनी दिएको हो ।
अमेरिकास्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ- 'व्यापार युद्ध होस् वा अन्य कुनै पनि अमेरिका यदि युद्ध चाहन्छ भने हामी अन्तिमसम्म लड्न तयार छौं ।'
यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पनि चीन कुनै पनि धम्कीबाट नडराउने बताएका छन् । 'हामीलाई धम्क्याएर काम हुँदैन,' उनले भनेका छन् ।
अमेरिकाले फेब्रुअरीको शरूमै चीनमाथि १० प्रतिशत कर लगाएको थियो। एक महिनापछि ट्रम्प प्रशासनले फेरि चीनमा १० प्रतिशत कर लगाउने घोषणा गरेको हो ।