०९ साउन २०८३, शनिबार

बन्धक रिहाइलाई लिएर ट्रम्पको अन्तिम चेतावनी- अन्यथा हमासका कोही पनि सदस्य सुरक्षित हुनेछैनन्

फागुन २२, २०८१
काठमाडौं
बन्धक रिहाइलाई लिएर ट्रम्पको अन्तिम चेतावनी- अन्यथा हमासका कोही पनि सदस्य सुरक्षित हुनेछैनन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धक रिहाइको विषयमा हमासलाई 'अन्तिम चेतावनी' दिएका छन् ।

बन्धक मुद्दामा ह्वाइट हाउसले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्टमा लेखेका छन्, 'म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु, यदि उनीहरूले मेरो कुरा सुनेनन् भने हमासका एक जना पनि सदस्य सुरक्षित हुनेछैनन्। यदि बन्धकहरूलाई रिहा गरिएन भने ठूलो मूल्य चुकाउनेछ ।'

यद्यपि उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भनेर स्पष्ट पारेका छैनन् । 'सबै बन्धकलाई अहिले नै रिहा गर, मारिएकाहरूको शव पनि तुरुन्तै फिर्ता गर, नत्र सबै कुरा सकिने छ । यो अन्तिम चेतावनी हो । नेतृत्वले गाजा छोड्ने समय आएको छ ।'

ट्रम्पको यो पोस्ट ह्वाइट हाउसमा हालै युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्