२७ असार २०८३, शनिबार

पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत गरिँदै

फागुन २२, २०८१
काठमाडौं
पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत गरिँदै

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुने छ । 

सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ । 


 

salt training

कमेन्ट गर्नुहोस्