
तनहुँमा ६६ वर्षीय एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय युवकलाई पक्राउ गरेको छ ।
व्यास नगरपालिका-९ कुमाल गाउँ बस्ने ६६ वर्षीया विष्णुमाया कुमालको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय शिव शंकर भन्ने शंकर कुमाललाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
विष्णुमाया आफ्नै घर अगाडिको खाली जग्गामा बुधबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले शंकरलाई पक्राउ गरेको हो ।
उनीउपर जिल्ला अदालत तनहुँबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।