
रुपन्देहीको तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल बसेर मणिग्रामस्थित शान्ति नमूना माविमा पढ्ने १९ वर्षीय रोशन परियार रहेका छन् ।
घरबाट स्कूल जाँदै गर्दा परियारले चलाएको लु ५६ प १९६१ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान बा २० च १७५४ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते परियारका उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए ।
उनले कार र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । परियार कक्षा १२ मा अध्ययनरत थिए ।