०६ साउन २०८३, बुधबार

निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट छ- प्रधानमन्त्री ओली

फागुन २२, २०८१
काठमाडौं
निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताएका छन् । त्यसकारण सरकारले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिने नीति लिएको पनि प्रधानमन्त्री ओलीले बताए । 

महोत्तरीको गौशाला नगरपालिका-१, रामनगरमा आईएमई ग्रुपले सञ्चालनमा ल्याएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरूका लागि पनि सीपका साथै रोजगारी सृजना गर्ने बताए । उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । 

‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन् । यसमा प्रदेश सरकारहरू पनि अघि सरून्’, प्रधानमन्त्री ओलीले भने । 

आईएमई ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भई आयात कम गर्न सहयोग पुग्नेछ । 

यस उद्योगले करिब तीन सयलाई रोजगारी दिनेछ । नेपालमा वार्षिक करिब डेढ लाख मेट्रिकटन कागज खपत हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्