१० साउन २०८३, आइतबार

देवत्वकरण गरिएको भन्दै कांग्रेस सचेतकको टिप्पणी– सबै प्रतिपक्षी दलको अध्यक्ष कुलमानलाई तोक्नुस्

फागुन २२, २०८१
काठमाडौं
देवत्वकरण गरिएको भन्दै कांग्रेस सचेतकको टिप्पणी– सबै प्रतिपक्षी दलको अध्यक्ष कुलमानलाई तोक्नुस्

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्को सिंगो प्रतिपक्षले एकजना कर्मचारीलाई बोक्ने कुरा लाजमर्दो भएको बताएका छन् । उनले कुलमानलाई सबै विपक्षी दलको अध्यक्ष तोक्न सुझाव दिए । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सचेतक घिमिरेले एकजना कर्मचारी (विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ)लाई लिएर सबै प्रतिपक्ष एक ठाउँमा उभिएर जह हँसाउने काम गरेको टिप्पणी गरेका हुन् । 

कुलमानलाई कार्य सम्पादन मूल्यांकनमा शून्य नम्बर दिइएकोबारे बुधबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलले ऊर्जामन्त्रीको जवाफ माग गरेका थिए ।

‘एउटा कर्मचारीको पक्षमा सबै उभिएको देख्दा लाज लाग्यो, एकजना कर्मचारीका लागि जग हँसाउने काम प्रतिपक्षले नगरौं । उहाँ (कुलमान घिसिङ)को देवत्वकरण नगरौं । राम्रा/नराम्रा पक्षको प्रशंसा गरौं’, घिमिरेले भने, ‘उहाँलाई बोकिराख्ने भए सबै प्रतिपक्षी दलको अध्यक्ष उहाँलाई बनाइदिऔं ।’

घिमिरे बोल्नुअघि संसद्‌मा ऊर्जामन्त्री दीपक खड्काले जवाफ दिँदै कुलमानले आफूलाई कानूनभन्दा माथि रहेको जस्तो व्यवहार गरेको बताएका थिए । कुलमानले समयमा सरकारलाई प्रतिवेदन नदिएका कारण मूल्यांकनमा शून्य अंक पाएको मन्त्री खड्काले बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्