२५ असार २०८३, बिहीबार

खुम्चियो नेप्सेको गिरावट, बजार २ अंकले झर्‍यो

फागुन २२, २०८१
काठमाडौं
खुम्चियो नेप्सेको गिरावट, बजार २ अंकले झर्‍यो

शेयर बजारमा लगातार चौथो दिन गिरावट देखिएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा कायम भएको छ ।

१ करोड ९० लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब १० करोडको कारोबार भएको छ ।

१०० कम्पनीको शेयर मूल्य बढ्दा १३१ वटामा गिरावट आएको छ । १२ वटामा कुनै परिवर्तन भएन ।

समूहगत रूपमा बैंक, विकास बैंक, म्यानुफ्याक्चर र माइक्रो फाइनान्समा वृद्धि देखिँदा अन्य समूहमा गिरावट आएको छ । 

अघिल्ला ३ दिन दोहोरो अंकले घटेको नेप्सेमा बिहीबार भने झिनोको अंकको गिरावटमा रोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्