०६ असार २०८३, शनिबार

नगरकोटमा सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू

फागुन २२, २०८१
काठमाडौं
नगरकोटमा सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू

नेपाली सेनाको सैनिक वार कलेजले हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू गरेको छ । नगरकोटमा अवस्थित कलेजलमा सि.सं.१३ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरू गरेको हो ।

बलाध्यक्ष रथी प्रदीप जंग केसीले बिहीबार तालिमको शुभारम्भ गर्दै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । 

उद्‌घाटन कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । 

null

कूल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरू (महिला-२ र पुरुष-३३) को सहभागिता रहेको यस तालिम सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने तालिमहरूमध्ये सबैभन्दा उच्चस्तरको तालिम हो ।

२०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १३ जनासहित जम्मा ३४० जना अधिकृत प्रशिक्षित भइसकेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्