२५ असार २०८३, बिहीबार

प्रशासकीय अधिकृत प्रकरण : मन्त्रालय र महानगर आमनेसामने

फागुन २३, २०८१
काठमाडौं
प्रशासकीय अधिकृत प्रकरण : मन्त्रालय र महानगर आमनेसामने

 एउटा कर्मचारीको विषयलाई लिएर सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका यतिखेर आमनेसामने भएका छन् । एउटा कर्मचारीको निरन्तरता वा सरुवाको विषय सङ्घीय सरकार र महानगरपालिकाका लागि जुँगाको लडाइँ जस्तै बनेको छ ।

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईंलाई नै निरन्तरता दिने अडानमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय देखिएको छ भने उहाँलाई कुनै अवस्थामा हाजिर हुन नदिने अडानमा महानगरपालिका नेतृत्व रहेको छ । गुरागाईंलाई नै निरन्तरता दिन मन्त्रालयले बुधबार महानगरपालिकालाई पत्राचार गरेको छ भने उहाँलाई हाजिर नगराउने अडानसहित महानगरपालिकाले बिहीबार मन्त्रालयलाई जवाफी पत्राचार गरेको हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्