
बागलुङ केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ६ बजेर २० मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु स्थानीय खुखानी भन्ने स्थान रहेको केन्द्रको भनाइ छ ।
केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर पनि ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।