
नारायणगढ सडक खण्डको दाउन्नेमा यात्रुबाहक बस र ट्रक ठोकिएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपरासी पूर्व दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सेनाका अनुसार गएराति बस र ट्रक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि सडक अवरुद्ध भएको उनले बताए ।
सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबाससम्म पुगेको उनको भनाइ छ ।
अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यो क्षेत्रमा सडक निर्माण कार्य जारी छ ।