०९ असार २०८३, मंगलबार

सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

फागुन २४, २०८१
काठमाडौं
सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका-७ घर भई काठमाडौंको टोखा नगरपालिका-९ गणेशथान बस्ने ३५ वर्षीय सर्वराज बिसी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

सर्वराजले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्