
काठमाडौं, ५ माघ–आगामी असोजभित्र मुलुक भरै फोरजी संचालनमा ल्याईने भएको छ । हाल काठमाडौं उपत्यका र पोखरामा मात्रै यो सेवा संचालनमा छ ।
बुधवार संसदको विकास समितिको बैठकमा बोल्दै नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले आगामी असोजभित्रै मुलुकभर फोरजी संचालनमा ल्याईने जानकारी दिईन । हाल उपत्यका र पोखरामा पोष्टपेड सिममा मात्रमा फोर जी संचालनमा छ । हाल १८ सय मेगाहर्जमा ५ मेगाहर्जमा फोर जी संचालित छ ।
नेपाल दुरसंचार प्राधिकरणले गत असोज १६ गते टेलिकमलाई फोर जी संचालनको अनुमति दिएको थियो । आगामी असोज १६ गतेदेखि नै टेलिकमले मुलुकभर फोर जी संचालन गर्नेछ ।
आगामी असोजमा मुलुकभर फोर जी संचालन गर्न टेण्डर डकुमेन्ट तयार गरेर बोलपत्र आह्वान गर्दा लामो समय लाग्ने राजभण्डारीले बताईन ।
माघ २२ देखि प्रिपेडमा पनि फोरजी
त्यस्तै टेलिकमले यही माघ २२ देखि प्रिपेडमा पनि फोरजी चलाउन लागेको छ । टेलिकमले छिट्टै आईफोनमा पनि फोरजी संचालनमा ल्याउने भएको छ । यसका लागि काम भईरहेको महाप्रबन्धक राजभण्डारीले बताईन ।