०४ असार २०८३, बिहीबार

मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्यको मृत्यु

फागुन २५, २०८१
तनहुँ
मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्यको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि जिपी कोइराला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्