२३ असार २०८३, मंगलबार
ज्ञानेन्द्रको स्वागतमा राजावादी

पूर्वराजाको स्वागतका लागि राजेन्द्र लिङ्देनसहितका नेता सडकमा [तस्वीर]

फागुन २५, २०८१
काठमाडौं
पूर्वराजाको स्वागतका लागि राजेन्द्र लिङ्देनसहितका नेता सडकमा [तस्वीर]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सडकमा ‌ओर्लिएका छन् ।

उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर पुगेका छन् । राप्रपा लगायत राजनीतिक दल र संगठनहरूको प्रदर्शनका कारण विमानस्थल बाहिरको क्षेत्र प्रभावित बनेको छ ।

पोखरालगायत पश्चिम क्षेत्रको भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र आइतबार काठमाडौं फर्किन लाग्दा राजतन्त्रका समर्थकहरूले स्वागतका लागि विमानस्थलमा भेला हुन लागेका हुन् । 

null

गणतान्त्रिक व्यवस्थालाई लिएर प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्र शाहले दिएको सन्देशपछि पूर्वराजावादीहरू उत्साही भएका छन् । त्यसपछि राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईंलगायतका राजावादी संगठनहरूले पूर्वराजालाई काठमाडौंमा स्वागत गर्ने तयारी गरेका हुन् । 

पूर्वराजाको स्वागतका लागि भेला भएको समूहले अहिलेको व्यवस्था र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । 

nullnullnullnullnull

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्