०३ साउन २०८३, आइतबार

अवैध विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ

फागुन २५, २०८१
काठमाडौं
अवैध विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । 

अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा चिनिया नागरिक २२ वर्षीय मिई विन्हाओ (MEI WENHAO) र काठमाडौं महानगरपालिका-१० घर भएका ३२ वर्षीय सनिम राज ढकाल रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट यूएई जान लागेका चिनियाँ नागरिकलाई १० लाख ४२ हजार जापानिज यन र ५ सय ८० अमेरिकी डलर तथा एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका सनिम राजलाई ७ हजार ५ सय अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।      
 

salt training

कमेन्ट गर्नुहोस्