१० असार २०८३, बुधबार

जसले बीमाको रकम हत्याउन आफ्नै पसलमा आगो लगाए

फागुन २५, २०८१
पाेखरा
जसले बीमाको रकम हत्याउन आफ्नै पसलमा आगो लगाए

फागुन १६ गते साँझ ७ बजे पोखराको न्यूरोडमा आगलागी भयो । पोखरा-८ मा रहेको शर्मा आईटी हबमा लागेको आगोलाई आधा घण्टामै नियन्त्रणमा लिइयो । जसका कारण वरिपरिको पसलमा थप धेरै क्षति हुन पाएन । तर, शर्मा आईटी हबको आगलागीबाट ९४ लाख बराबरको क्षति भएको भन्दै बैदाम प्रहरीमा रमेश शर्मा लोहरले निवेदन दिए ।
 
सो स्थानमा उनको पसल यही पुसबाट सञ्चालनमा आएको थियो । जसको भाडा मासिक ३५ हजार थियो । घघटनाको छानबिनमा जुटेको प्रहरीले नयाँ तथ्य फेला पारेको छ । अनुसन्धानको सुई उनै रमेशतिर सोझियो । र, प्रहरी एउटा निष्कर्षमा पुग्यो ।

बीमाको रकम हत्याउन रमेश आफैंले आगो लगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका, एसपी श्यामबाबु ओलियाका अनुसार घटनाको प्रकृति हेर्दा उनले बीमा रकम हत्याउन आगो लगाएको उल्लेख गरे ।
  
पसलमा आगो लाग्ने दिनमा दुई जना कामदार पनि बिदा रहेको प्रहरीले जनाएको छ । यस्तै, घटनाको दुई दिन अगाडिदेखि पसल बन्द थियो । पसलमा आगो लागेपछि रमेशले १९ गते शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा रकम दाबीको लागि निवेदन दिएका थिए । 

प्रहरीले शर्मालाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रो सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्