०९ असार २०८३, मंगलबार

भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु

फागुन २६, २०८१
बाजुरा
भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्वामीकार्तिक खापर –२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिए । 

उनले दिएको जानकारी अनुसार आइतबार बेलुकी कर्णाली नदीमा माछा मार्न जाने क्रममा नदी नजिकै रहेको हाँडेको भिरबाट लडेर उनको मृत्यु भएको हो । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्