०२ साउन २०८३, शनिबार

राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना

फागुन २६, २०८१
काठमाडौं
राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रूपैयाँ जरिवाना बुझाएको छ ।

पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपाको आह्वानमा आइतबार निकालिएको र्‍यालीपछि महानगरले एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । आइतबार नै राप्रपालाई जरिवानाको पत्र काटिएको थियो । 

प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवानाको निर्णय गरेको थियो । 

महानगरले पत्र काटेको भोलिपल्टै राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेताहरू महानगर कार्यालय, कमलादी पुगेर जरिवाना बुझाएका हुन् । 

null

‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं  । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं । रू. १ लाख रूपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं’, शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्