०४ साउन २०८३, सोमबार

करेन्ट लागेर मोरङ र अर्घाखाँचीमा दुई जनाको मृत्यु

फागुन २६, २०८१
काठमाडौं
करेन्ट लागेर मोरङ र अर्घाखाँचीमा दुई जनाको मृत्यु

करेन्ट लागेर मोरङ र अर्घाखाँचीमा एक/एक जनाको मृत्यु भएको छ । 

मोरङको मिक्लाजुङ गाउँपालिका-१ चित्रे बस्ने १८ वर्षीया अनामिका राईको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । 

सोही ठाउँस्थित आफ्नै बारीमा रहेको बिजुलीको पोलको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस्तै, अर्घाखाँचीको शितगंगा नगरपालिका-७ बागेद्दारे बस्ने २९ वर्षीय गुमान सिंह पुलामीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भयो । 

आफ्नै घरको बिजुलीको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रस्तावित अस्पताल भालुवाङ दाङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्