
फागु पूर्णिमा अर्थात् होलीको अवसरमा यही फागुन २९ गते लैनचौरस्थित द मल्ल होटलमा कुमा सागरको कन्सर्ट हुने भएको छ ।
कुमा सागर एन्ड द ख्वप ब्यान्डको प्रस्तुति हुने उक्त कार्यक्रममा कुमा सागरसहित अन्य कलाकारको प्रस्तुति रहेनछ ।
आयोजकका अनुसार फिन्जोक, आई क्यान्डी, दिक्षु, लिमेली, विवश र रोहीललगायतका कलाकारको प्रस्तुति रहनेछ ।
रेडबुलसहित गोर्खा ब्रुअरी मुख्य प्रायोजक रहेको कार्यक्रममा जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज अन्तर्गत हरेको रूस्लान ब्रान्ड लगायतको पनि साथ रहेको छ ।
द मल्ल होटलको बगैंचामा हुने कार्यक्रमका लागि अनलाइनमार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ ।