०८ असार २०८३, सोमबार

अवैध लागूऔषधसहित दुई जना पक्राउ

फागुन २६, २०८१
काठमाडौं
अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १ सय ७ ग्रामसहित सुनसरी घर भएका ३८ वर्षीय साहबुदिन मन्सुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०१-००६ ख ४८१७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, चितवनको रत्ननगर नगरपालिका-४ भोकाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २२ ग्राम र नगद ३९ हजार ७ सय ५० रूपैयाँसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय महेश महतो छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित सोमबार पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्