०९ असार २०८३, मंगलबार

निर्यातको आम्दानी भ्रमणमै ठिक्क

फागुन २७, २०८१
काठमाडौं
निर्यातको आम्दानी भ्रमणमै ठिक्क

वस्तु निर्यात गरेर मुलुकले प्राप्त गर्ने आम्दानी नेपालीले विदेश भ्रमणमा गर्ने खर्च करिब बराबर हुने पाइएको छ । 

नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्क अनुसार यस अवधिमा मुलुकले वस्तु निर्यात गरेर एक खर्ब २७ अर्ब रुपियाँ आम्दानी गरेको छ । 

जबकि सात महिनामा भ्रमणकै लागि नेपालीले एक खर्ब १६ अर्ब रुपियाँ खर्च गरेको तथ्याङ्कले देखाउँछ । निर्यातको आम्दानी र भ्रमणमा बाहिरिने खर्चको अन्तर केवल ११ अर्ब रुपियाँ छ । 

विदेश भ्रमणमा नेपालबाट बाहिरिने रकम निरन्तर बढिरहेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाउँछ । गत आवको सात महिनामा एक खर्ब चार अर्ब रुपियाँ यस शीर्षकमा बाहिरिएको थियो । एक वर्षकै अन्तरमा भ्रमणका लागि बाहिरिने रकम १२ अर्ब रुपियाँले बढेको देखिन्छ । 

चालु आवको समीक्षा अवधिमा खास गरी व्यक्तिगत भ्रमणमा बाहिरिने रकम एक खर्ब १३ अर्ब रुपियाँ पुगेको छ । त्यस्तै, व्यावसायिक भ्रमणका लागि दुई खर्ब ५९ अर्ब रुपियाँ बाहिरिएको तथ्याङ्क छ । 

भ्रमणका लागि नेपालबाट बाहिरिने रकम बढे जस्तै भित्रिने रकम पनि बढिरहेको देखिन्छ । यस अवधिमा नेपालले भ्रमणबाट ४९ अर्ब रुपियाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ४५ अर्ब ६८ करोड रुपियाँ आम्दानी भएको थियो ।  गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्