०४ साउन २०८३, सोमबार

सुशासनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग

चैत १, २०८१
काठमाडौं
सुशासनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।

पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले अहिलेसम्म सार्वजनिक पदमा धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानुनी व्यवस्थासहितको आयोग गठन गर्नुपर्ने बताए ।

भ्रष्टाचार निरुत्साहित गर्न राजनीतिक पार्टीको संरचना र कार्यप्रणालीमा सुधारको खाँचो औँल्याउँदै उनले भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्ने ग्यारेन्टी नगरेसम्म प्रभावकारी नियन्त्रण हुन नसक्ने विचार व्यक्त गरे । 

महासचिव भुसालले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै आफ्नो पार्टीले रोजगारी र सुशासनका लागि अभियान सञ्चालन गर्ने लागेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्