१३ असार २०८३, शनिबार

नेपालमै पहिलोपटक श्रीमद्भागवत महापुराणको एकवर्षे प्रशिक्षण सुरु

चैत १, २०८१
काठमाडौं
नेपालमै पहिलोपटक श्रीमद्भागवत महापुराणको एकवर्षे प्रशिक्षण सुरु

नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा नेपालमै पहिलोपटक श्रीमद्भागवत महापुराणको एकवर्षे प्रशिक्षण सुरु भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराणवाचक, कर्मकाण्ड गर्ने पुरोहित र ज्योतिषीलाई अनुमति पत्र (लाइसेन्स) दिने गरी तयारी थालेकै बेला विद्यापीठले प्रशिक्षण सुरु गरेको हो । आधिकारिक ज्ञान नै नभएकाले कथावाचन गरिरहेको गुनासो बढेकाले विद्यापीठले यस्तो प्रशिक्षण राखिएको जनाइएको छ । 
 
 आज विद्यापीठमा आयोजित एक कार्यक्रममा प्रशिक्षणको उद्घाटन गरिए पनि कक्षा भने चैत ३ गते आइतबारदेखि सुरु हुने प्राचार्य अच्युत लामिछानेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्