
हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । फागुन १८ देखि जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो ।
जिल्लाका खोपका लागि पहिचान गरिएका एक सय नौ किशोरीमध्ये ९० किशोरीलाई लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार २१ किशोरीले भने जिल्ला बाहिर नै खोप लगाएका छन् ।
जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको उनले बताए ।