२६ असार २०८३, शुक्रबार

अमेरिकाले गर्‍यो दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला

चैत २, २०८१
काठमाडौं
अमेरिकाले गर्‍यो दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला

अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई ​​देश निकाला गरेको छ । अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावबीच अमेरिकाले यो कदम चालेको हो ।

अमेरिका र ट्रम्पलाई ‘घृणा’ गरेको आरोपमा उनलाई देश निकाला गरिएको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्वीटरमा लेखेका छन्, ‘दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत छैन । इब्राहिम रसूल एक जातिवादी राजनीतिज्ञ हुन् जसले अमेरिका र अमेरिकी राष्ट्रपतिलाई घृणा गर्छन्।'

यसअघि फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई अमेरिकी सहयोगमा प्रतिबन्ध लगाएका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्