१५ असार २०८३, सोमबार

‘सत्ता सञ्चालकका कमजोरीलाई  लिएर व्यवस्थामाथि दोष नथुपारौँ’

चैत २, २०८१
सुर्खेत
‘सत्ता सञ्चालकका कमजोरीलाई  लिएर व्यवस्थामाथि दोष नथुपारौँ’
फाइल तस्बिर

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि नै दोष थुपार्ने काम नगर्न आग्रह गरेका छन् । 

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको कर्णाली प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले व्यक्तिका कमजोरीलाई व्यवस्थामाथि थुर्पादा सही नहुने टिप्पणी गरे। मुख्यमन्त्री कँडेलले भने,“सत्ता सञ्चालनमा केही कमजोरी होलान्, नागरिकका अपेक्षाअनुसार हाम्रा गतिविधि सुधारेर जान सकिन्छ तर सत्ताको कमजोरीलाई व्यवस्थासँग तुलना गर्नु जायज होइन ।”

 उनले सत्ता सञ्चालकको कमजोरीलाई लिएर व्यवस्थामाथि गरिने  प्रहारले  नागरिक अधिकारमाथि नै धावा बोलेको आफ्नो बुझाइ रहेको बताए । मुख्यमन्त्री कँडेलले फेरि रैति बन्न शासन व्यवस्था बदल्छु भनेर लाग्नु मूर्खता भएको र त्यस्तो मूर्खता नगर्न सुझाव दिए । 

salt training

कमेन्ट गर्नुहोस्