
देशका विभिन्न क्षेत्रमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, सर्लाहीको बलरा नगरपालिका–८ मा भएका दुर्घटनामा एक/एक जनाको मृत्यु भएको हो ।
यसैगरी, मोरङको बुढीगङ्गा गाउँपालिका–३, दाङको तुलसीपुर उपमहानगरपालिका–९ गौरीशङ्कर टोल र कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीमा शनिबार भएका सवारी दुर्घटनामा पनि एक/एक जनाको मृत्यु भएको छ ।