१० साउन २०८३, आइतबार

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

चैत ३, २०८१
काठमाडौं
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ । 

रास्वपा केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो ।  

बैठक बस्ने समय चाँडै तय गरिने निर्णय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार आइतबारको बैठकमा विगतमा भएका निर्णयहरूको कार्यान्वयनका बारेमा जानकारी लिने र दिने काम भएको हो ।   

यसैगरी, वर्तमान राष्ट्रिय राजनीतिका बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी गराएको कार्यवाहक प्रवक्ता झाले बताए । 

संसदीय गतिविधिबारे र अहिले भइरहेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले बैठकमा जानकारी गराए । 
 

salt training

कमेन्ट गर्नुहोस्