२५ जेठ २०८३, सोमबार

राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

चैत ४, २०८१
काठमाडौं
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक भोलि दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने तय भएको पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाले जानकारी दिए । 

उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल हुनेछ । 

राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको स्वरूप र भावी रणनीति निर्माणको विषयमा बैठक केन्द्रित हुनेछ । 

एक्लाएक्लै आन्दोलन गरेर निष्कर्षमा नपुगिने हुँदा विचार मिल्नेहरू सबै मोर्चाबन्दी गरेर आन्दोलनमा जानुपर्नेमा राप्रपा नेपालले विगत लामो समयदेखि जोड दिँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्