०५ साउन २०८३, मंगलबार
राष्ट्रियसभामा सिटौला

मैले नै वार्ता गरेर निवास र सुरक्षा दिएको हो, अहिले पूर्वराजाले जनता भड्काउने काम गरे- सिटौला

चैत ४, २०८१
काठमाडौं
मैले नै वार्ता गरेर निवास र सुरक्षा दिएको हो, अहिले पूर्वराजाले जनता भड्काउने काम गरे- सिटौला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका सांसद कृष्ण सिटौलाले ‘राजा आउँछ’ भन्ने भ्रम दिएर पूर्वराजा ज्ञानेन्द्र शाहले जनता भड्काउने काम गरेको आरोप लगाएका छन् । 

फेरि शासन सत्तामा फर्किने रहर भए ‘राजनीतिक खेलाडीको रूपमा आएँ’ भनेर जनतासँग भन्न ज्ञानेन्द्रलाई सिटौलाले सुझाव दिए । सोमबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा सिटौलाले पूर्वराजाको चलखेलका विरुद्ध गणतन्त्र पक्षधरहरू एकजुट हुनुपर्ने बताएका हुन् ।

‘स्वयं म आफैं प्रधामनन्त्रीको प्रतिनिधिको रूपमा एक घण्टा वार्ता गरेर उहाँ (ज्ञानेन्द्र)लाई बडो सम्मानका साथ निवास र सुरक्षा प्रबन्ध हुन्छ भनेर ज्ञारेन्टी गरेको हो, मन्त्रिपरिषद्को निर्णयबाट’, गणतन्त्र घोषणा गर्ने सरकारका गृहमन्त्री समेत रहेका सिटौलाले भने, ‘अहिले आएर मैले केही गर्छु भनेर गाडीमा उभिएर हिँड्न खोज्नु शोभनिय विषय भएन, राजाले सम्मान ग्रहण गरिराख्नु उचित हुन्छ ।’

सिटौलाले राजनीति नै गर्ने भए जनतासँग आफ्नो नीति कार्यक्रम लिएर आउन सुझाव दिए । ‘होइन भने जनतासामु भन्नुपर्छ– म राजनीतिक खेलाडीको रूपमा आएँ, दलहरू जस्तै मेरो नीति कार्यक्रम यो भनेर । तर, राजा आउँछ भन्ने सन्देश दिएर सर्वसाधारण जनता भड्काउने काम भएको छ, यसमा हामी परिवर्तनकामी दलहरूको म मौनता त भन्दिनँ, दृढता देखिराखेको छैन । हामी सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला हो’ सिटौलाले भने ।

सिटौलाले संविधानको कार्यान्वयनबाट जनतालाई के कति उपलब्धि दिन सक्यौं भन्नेबारे संविधानका पक्षधर दलले समीक्षा गर्ने बेला भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्