१० साउन २०८३, आइतबार

आफ्नै पौरखले आत्मनिर्भर बन्ने सोच अभिवृद्धि गरौं- सांसद डा. शाक्य

चैत ४, २०८१
काठमाडौं
आफ्नै पौरखले आत्मनिर्भर बन्ने सोच अभिवृद्धि गरौं- सांसद डा. शाक्य

राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्यले मुलुक स्तरोन्नतितिर गइरहँदा आफ्नै पौरखले आत्मनिर्भर बन्ने सोच अभिवृद्धि गर्नुपर्ने बताएकी छन् । 

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद शाक्यले सहयोगको भरमा आफ्नो विकास गर्ने सोचलाई त्याग्नुपर्ने बताएकी हुन् । 

‘अब आफैं आत्मनिर्भर बन्नेतिर लाग्नुको विकल्प छैन’, उनले भनिन्, ‘संघ, प्रदेश र स्थानीय तह स्तरोन्नतिपछि दिगो हुनका लागि महत्त्वपूर्ण कदम चाल्नुपर्छ । राम्रा विषयवस्तु अंगाल्ने र नमिलेकालाई  संशोधन गर्दै अघि बढ्न सकेमा हाम्रो आर्थिक स्थिति कमजोर हुनबाट जोगिन्छ ।’

उनले नेपालको विकास र स्तरोन्नतिको यात्रा एक महत्त्वपूर्ण मोडमा आइपुगेको पनि बताइन् । 

‘अब हामीसँग झिनामसिना कुराहरूमा अल्झिरहने समय छैन । नभए हाम्रा सन्ततिले हामीलाई धिक्कार्ने छन्’, उनले भने, ‘उनीहरूका भविष्यका लागि भए पनि एक आपसमा हिलो छ्यापाछ्याप गरि समय खेर नफालिकन नेपालको अर्थतन्त्र कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरामा अब हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्