०५ साउन २०८३, मंगलबार

गण्डकीका केही ठाउँमा हल्का वर्षाको सम्भावना, कोशी र मधेशमा हुरीबतास चल्ने

चैत ५, २०८१
काठमाडौं
गण्डकीका केही ठाउँमा हल्का वर्षाको सम्भावना, कोशी र मधेशमा हुरीबतास चल्ने

हाल कोशी, मधेश र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र मधेश प्रदेशका केही स्थानमा हुरीबताससमेत चल्ने सम्भावना छ ।

त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको छ । आगामी २४ घण्टामा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

साथै अपराह्नको समयमा कोशी र मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ । 

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्