२७ जेठ २०८३, बुधबार

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले लिए शपथ

चैत ५, २०८१
काठमाडौं
काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले लिए शपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा. अच्युतप्रसाद वाग्लेले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष शपथ लिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति प्राडा. वाग्लेले मंगलबार दिउँसो शपथ लिएका हुन् । 

विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट प्राडा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम कुलपति ओलीले सोमबार नियुक्त गरेका थिए । 

null

शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायत सहभागी थिए । 

सो अवसरमा प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम अघि बढाउन शुभकामना दिए । 

नवनियुक्त उपकुलपति प्राडा. वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यबाहक उपकुलपति एवं रजिष्ट्रार थिए ।

salt training

कमेन्ट गर्नुहोस्