
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको बहसभन्दा पहिले संविधानको समीक्षा गर्नुपर्ने बताएका छन् ।
संविधानको समीक्षा पछि मात्र संशोधनको बहसले आकार लिने उनले बताए ।
सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधान पक्षधर शक्तिबीच पहिला संविधानको समीक्षा जरुरी रहेको बताएका हुन् ।
‘मैले पछिल्ला दिनमा भन्दै आएको छु, संविधानको समीक्षा गर्न जरूरी छ, समीक्षाको बहसपछि संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्छ’, प्रचण्डले भने, ‘सबै राजनीतिक दल मिलेर समीक्षा गरेपछि मात्र संशोधनले सही आकार लिन सक्छ ।’
अहिले देशमा उत्पन्न परिस्थितिको समाधानका लागि पनि संविधानको समीक्षा जरुरी रहेको प्रचण्डले बताए ।