
मोरङको धनपालथान गाउँपालिका-६ को कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ ।
मृत्यु हुनेमा तीन वर्षीया बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरियाले जानकारी दिए ।
आगलागीमै हराएका भनिएका अर्का बालक भने जीवित भेटिएको उनले बताए । आगलागीबाट १२ घरपरिवारको १६ वटा छाप्रा जलेका छन् ।
हाल आगलागी नियन्त्रणमा आएको चिमोरियाले जानकारी दिए । साना छाप्रा घर र परालको माचसमेत घरकै छेउमा रहेकाले आगोले उग्ररूप लिएको प्रहरीले जनाएको छ ।
आगो दिउँसो साढे १२ बजेतिर लागेको थियो ।