२५ जेठ २०८३, सोमबार

सत्तारुढ नेविसंघ र अनेरास्ववियुको गठबन्धनलाई क्रान्तिकारीको झट्का

चैत ५, २०८१
काठमाडौं
सत्तारुढ नेविसंघ र अनेरास्ववियुको गठबन्धनलाई क्रान्तिकारीको झट्का

मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ दल निकटका नेविसंघ र अनेरास्ववियुलाई पराजित गर्दै माओवादी निकट विद्यार्थी संगठनले विजयी शुरूआत गरेको छ। 

हालसम्म प्राप्त विवरण अनुसार चार क्याम्पसमा अखिल क्रान्तिकारीले नेविसंघ र अनेरास्ववियुलाई पराजित गरेको हो । 

सिन्धुपाल्चोकको मेलम्ची भ्याली, धादिङ मलेखुको जय बागेश्वरी क्याम्पस र बाग्लुङको गल्कोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीको प्यानल नै विजयी भएको हो । 

भ्याली क्याम्पसमा क्रान्तिकारीका राजन गिरी सभापति रहेको प्यानल नै विजयी भएको हो । गिरीले खसेको  ७३ मत प्राप्त गरे । जहाँ ११२ मत खसेको थियो । 

त्यस्तै, जय बागेश्वरी क्याम्पसको सभापतिमा अनुनय सिलवाल विजयी भएका छन् । गल्कोट क्याम्पसमा क्रान्तिकारीका प्रभात साहनीको प्यानल नै विजयी भएको छ ।

यसैगरी, गुल्मीको श्रीङ्गिश्वर बहुमुखी क्याम्पस रानीवासमा नेविसंघ र अखिलको संयुक्त प्यानललाई भारी मतले पछि पार्दै अखिल (क्रान्तिकारी)का विशाल थापाको प्यानलै विजयी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्