०६ साउन २०८३, बुधबार
मध्यपूर्वमा शान्तिको संकेत

ट्रम्प-पुटिन फोनवार्ता : युक्रेनमा ३० दिन युद्धविराम गर्न रूस सहमत

चैत ६, २०८१
काठमाडौं
ट्रम्प-पुटिन फोनवार्ता : युक्रेनमा ३० दिन युद्धविराम गर्न रूस सहमत
फाइल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ३० दिन युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको छ । युक्रेन युद्धबारे डेढ घण्टा बढी समय भएको टेलिफोन वार्तामा राष्ट्रपतिद्वयबीच युक्रेनको ऊर्जा लक्ष्यमा ३० दिनसम्म आक्रमण नगर्ने सहमति गरेको ह्वाइट हाउसले जनाएको छ । 

यो सम्झौताले शान्ति स्थापनाको पहिलो चरणको संकेत गरे पनि युक्रेनले यस योजनामा साथ दिन्छ वा दिँदैन भन्ने अझै स्पष्ट भएको छैन । वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता महत्त्वपूर्ण चरणमा पुगेको बताएका छन् । अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उनबको भनाइ छ । 

पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने सर्त अघि सारेका छन् । उनले आफ्नो सेना युक्रेनी भूभागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडानसमेत  दोहोर्‍याएका छन् ।

रुसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पसँगको फोन वार्तापछि युक्रेनको ऊर्जा लक्ष्यमा ३० दिनसम्म आक्रमण नगर्ने सहमति गरेको जनाएको छ । 

अब काला सागरमा पानीजहाजको सुरक्षासँग सम्बन्धित मुद्दाहरूमा वार्ता शुरू हुनेछ ।

भ्लादिमिर पुटिनसहित अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेको पाँच दिनपछि ट्रम्पले विश्वभरका धेरै नेताहरूसँग कुरा गरेका थिए ।

यसपछि साउदी अरबमा एक दिन लामो वार्तापछि युक्रेन र अमेरिका युद्धविराम सम्झौतामा पुगेका थिए । 

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सैन्य सहायताका लागि वार्ता गर्न फिनल्याण्ड पुगेका छन् । उनले टेलिग्राममा पोष्ट गर्दै आफू फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबलाई भेट्न जाँदै गरेको लेखेका छन् । 

उनले प्रधानमन्त्री पेट्री ओर्पो र रक्षा उद्योगका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछन् । फिनल्याण्डको राष्ट्रपति कार्यालयले बुधबार राष्ट्रपति भवनमा वार्ता हुने पुष्टि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्