०४ असार २०८३, बिहीबार

बाख्रा चराउँदै गर्दा लडेर एक जनाको मृत्यु

चैत ६, २०८१
सुर्खेत
बाख्रा चराउँदै गर्दा लडेर एक जनाको मृत्यु

जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । 

घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए । 

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्