०५ साउन २०८३, मंगलबार

पुटिनपछि जेलेन्स्कीसँग ट्रम्पको फोन वार्ता, के भयो कुराकानी ?

चैत ७, २०८१
काठमाडौं
पुटिनपछि जेलेन्स्कीसँग ट्रम्पको फोन वार्ता, के भयो कुराकानी ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उनले जेलेन्स्कीसँग फोन वार्ता गरेका हुन् ।

उनीहरूबीच झण्डै एक घण्टा लामो कुराकानी भएको बीबीसीले जनाएको छ । कुराकानीपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत् युक्रेन र रुससँगको फोन वार्ता उनीहरूको अनुरोध र आवश्यकताको हिसाबले सकेसम्म मिलाउने उद्देश्यले भएको प्रतिक्रिया दिएका छन् । 

युद्धविरामको प्रयास सकारात्मक हुनेतर्फ कामहरू अघि बढिरहेको उनको भनाइ छ । 

यसैबीच जेलेन्स्कीले पनि ट्रम्पसँगको कुराकानी सकारात्मक, स्पष्ट र धेरै सार्थक भएको प्रतिक्रिया दिएका छन् । उनले अमेरिकी सहयोगमार्फत् यस वर्ष दिगो शान्ति प्राप्त गर्न सकिने विश्वास व्यक्त गरेका छन् । जेलेन्स्कीले ट्रम्पसँगको आफ्नो वार्तालाई 'सकारात्मक', 'खुला' र 'धेरै गहिरो' भनेका छन्। 'हामी विश्वास गर्छौं कि संयुक्त राज्य अमेरिका र राष्ट्रपति ट्रम्पसँग यो वर्ष दिगो शान्ति हासिल गर्न सकिन्छ,' जेलेन्स्कीले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेका छन् । 

जेलेन्स्कीले ट्रम्पसँग रूसी-नियन्त्रित जापोरिजिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वमा छलफल गरेको बताएका छन् । 

रसियाले युद्धविरामको शर्त उल्लङ्घन गरे युक्रेनले जवाफ दिने चेतावनी पनि जेलेन्स्कीले दिएका छन् । 'मलाई लाग्छ जबसम्म हामी (रूससँग) सहमत हुँदैनौं, आंशिक युद्धविरामको कागजात नभएसम्म मलाई लाग्छ कि सबै कुरा जारी रहनेछ,' उनले भने।
 

salt training

कमेन्ट गर्नुहोस्