३१ जेठ २०८३, आइतबार

तीन विद्यालयका ४४६ विद्यार्थीलाई एनसेलको शैक्षिक सामग्री

चैत ७, २०८१
काठमाडौं
तीन विद्यालयका ४४६ विद्यार्थीलाई एनसेलको शैक्षिक सामग्री

एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूमा हानिएका प्रत्येक चौकावापत विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुसार शैक्षिक सामग्री वितरण शुरू गरेको छ । कार्यक्रमअन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तीन विद्यालयमा ४४६ वटा शैक्षिक सामग्री वितरण गरिएको हो । 

क्रिकेटदेखि कक्षा कोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलहरूमा हानिने प्रत्येक चौकावापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको थियो । यसले विद्यार्थीहरूमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने एनसेलले जनाएको छ । 

मंगलबार एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका, वडा १० का राष्ट्रिय माध्यामिक विद्यालय र मदरसा वहरुल उलूमका २६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

null

त्यसैगरी मंगलबार नै एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाँउपालिका, वडा ४ मा रहेको श्री बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन् ।

'आफ्नो प्रतिबद्धता बमोजिम प्राथमिक तहका विद्यार्थीहरूलाई एनसेल फाउन्डेसनमार्फत् विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा खुशी छौं। गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो पहलले विद्यार्थीहरूलाई शिक्षामा मद्दत गर्ने विश्वास मैले लिएको छु र साथै यसले शैक्षिक स्रोतको अभाव कम गर्न सहयोग गर्दछ,' एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।

विद्यार्थीलाई स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान दिइएको थियो । 'यो एक उत्कृष्ट पहल हो, जसमा शिक्षालाई क्रिकेटसँग जोड्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विद्यार्थीहरूलाई उनीहरूको शिक्षामा सहयोग पुर्‍याउँछ । कपिलवस्तुमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा बच्चाहरूसँग समय बिताउदै र उनीहरुसँग खुशी बाँड्दै सहभागी हुन पाउँदा म अत्यन्तै खुशी छु,' क्यानका सचिव पारस खड्काले भने । यस पहलअन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौकावापत कूल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्