२८ जेठ २०८३, बिहीबार

गेटा अस्पताल कैलालीको निर्देशकमा डा. यादव नियुक्त

चैत ७, २०८१
काठमाडौं
गेटा अस्पताल कैलालीको निर्देशकमा डा. यादव नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ ।

केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा जिम्मेवारी प्रदान गरिएको हो । 

यसअघिका निर्देशकले राजीनामा गरे पछि रिक्त पदमा नियुक्त यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत छन् । 

डा. यादवले जनकपुर प्रादेशिक अस्पतालमा निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्