२३ जेठ २०८३, शनिबार

ज्ञानेन्द्र शाहीको प्रश्न- ‘पूर्वराजालाई स्वागत गर्दा तपाईंहरूको मुटु हल्लियो, आन्दोलन गरे के हुन्छ ?’

चैत ७, २०८१
काठमाडौं
ज्ञानेन्द्र शाहीको प्रश्न- ‘पूर्वराजालाई स्वागत गर्दा तपाईंहरूको मुटु हल्लियो, आन्दोलन गरे के हुन्छ ?’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्दा गणतन्त्रवादी दलको मुटु हल्लिएको टिप्पणी गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको शून्य समयमा सांसद शाहीले फागुन २५ गते पूर्वराजालाई आफूहरूले स्वागत मात्र गरेको र त्यो कसैका विरुद्धको आन्दोलन नभएको बताएका हुन् । 

‘फागुन २५ गते राजालाई हामीले राष्ट्रिय झण्डाले स्वागत गरेको हो, कसैका विरुद्धको आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजोले ठाउँ छाड्यो भने तपाईंहरूविरुद्ध आन्दोलन गर्नुपरे के हुन्छ ?’ शाहीले भने, ‘राजा गइसक्यो आउँदैनन् भन्नेलाई प्रश्न छ– अस्तु पनि नरहेका मास्क, लेनिन र माओ कसरी फर्किन्छन् ?’

पूर्वराजाको गतिविधिलाई लिएर संसद्मा टीका टिप्पणी भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्